Section 81
सरल काममा लगाउनु पर्ने
(१) कुनै महिला श्रमिक गर्भवती भएमा निजले स्वास्थ्य परीक्षण
गराएको निस्सासमेत संलग्न गरी सोको जानकारी रोजगारदातालाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको जानकारी प्राप्त भएमा रोजगारदाताले गर्भवती श्रमिक
महिलालाई सामान्यतया निजकोस्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी काममा लगाउनु पर्नेछ ।